सर्लाहीको बलरा र हरिपुरमा दुई जना मृत फेला

२०८१ जेष्ठ २७, आईतवार १३:२७

गोडैता – सर्लाहीको बलरा र हरिपुरमा दुई जना मृत शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज (आइतबार) बिहान बलरा नगरपालिका–९, अचलगढ निवासी बुनिलाल रायको ८० बर्षिया श्रीमती राधिका देवी यादव हुलाकी सडकमा पर्ने अचलगढस्थित पानीमा ढुबेको अवस्थामा मृत फेला परेकी हुन्। विहान मर्निङ वाकका लागि निस्केकी बृद्धा पुल कट्ने क्रममा खुटा चिप्लिएर पुलमुनी खसेको आशंका प्रहरीले गरेको छ।

यस्तै जिल्लाकै हरिवपुर नगरपालिकास्थित असनवा टोल नजिकै खेतमा एक अपरिचित शव भेटिएको छ। स्थानियहरुले स्थानीय रामआशिष चौधरीको खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबर पाएपछि प्रहरीको टोलि घटनास्थलमा खटिएर घटनाको अनुसन्धान गरिरहेको बताईएको छ।

प्रहरीका अनुसार ३५/४० बर्षको उमेरको, मुसहरमाझी जस्तो देखीने पुरुषले कालो खैरो बुट्टा भएको ट्राउजर र क्रिम कलरको हाफ सेण्डो लगाएको अवस्थामा मृत फेला परेका हुन्। दुवै शव अहिले परिक्षणका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार