नूर आलम बादशाह, बारा –
बाराको पचरौता नगरपालिका वडा न. ९ कुड़वा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणको लागि आइतबार शिलान्यास तथा छात्रवृति बितरण गरिएको छ । प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री सरोज कुमार यादव तथा कार्यक्रमका अध्यक्ष पचरौता नगर प्रमुख जलन्धर सिंहले संयुक्त रूपमा एक कार्यक्रमका बिच भवनको शिलान्यास तथा छात्रवृति बितरण गरेका हुन।
संघीय सरकारको बिशेष अनुदानमा चालू आर्थिक वर्षमा करिव ५० लाखको लागतमा चार कोठे पक्की भवनको शिलान्यास गरिएकाे हाे भने चुनावी बाचा अनुसार यस बर्ष पनि पचरौताका दुई जना बिधार्थी साहिस्ता प्रवीण र प्रदीप महतो नुनियालाई एमबीबीएस पढ़न १०/१० लाखको चेक हस्तानान्तरण गरिएको छ भने प्राविधिक शिक्षा लगायत कक्षा ११/१२ पढ़ने १८ जना बिधार्थीहरुलाई करीब ४५ लाख बराबरको छात्रवृति समेत बितरण गरिएको छ।
कार्यक्रममा बोल्दै मेयर सिंहले सुविधा सम्पन्न ४ कोठे पक्की भवन निर्माण हुने भएपछि विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने नगर प्रमुख सिंहले बताए । नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने गरी आफुहरु लागि परेको बताए । पचरौताका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारदेखि जनशक्ति व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको नगर प्रमुख सिंहले बताए ।
यसैक्रममा वहाँले आफु मेयर पदमा बसुन्जेल पचरौताका कुनै पनि गरीब बिधार्थीलाई उच्च शिक्षा हासिल गर्न पैसाको कमी हुन नदिने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले शैक्षिक क्षेत्रको विकासका थुप्रै काम गरेको बताए । सामुदायिक विद्यालयमा नयाँ सुविधा सम्पन्न भवन निमार्णदेखि लिएर विद्यालयका जिर्ण भवनहरुलाई समेत पुनः निमार्ण गर्न तर्फ पालिका लागि रहेको बताए । पचरौता नगर क्षेत्रभित्र रहेका बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा दिने आफुहरुको उद्देश्य रहेको समेत बताए ।
कार्यक्रमका प्रमुख अतिथि सरोज कुमार यादवले शिक्षा क्षेत्रमा नगर प्रमुख जलन्धर सिंहको कदम सराहनीय रहेको र यस्ता कार्यक्रममा सहभागी हुँदा आफुलाई गौरान्वित महसूस भएको जिकिर गर्दै जनप्रिय शिक्षाप्रेमी प्रतिनिधि छान्न सफल पचरौताका सम्पूर्ण जागरूक जनतालाई बिशेष धन्यवाद दिनुभयो। नमूना स्कूलको रूपमा अगाडि बढिरहेको बनौली माविको लागि उपहार स्वरूप प्रदेश सरकारबाट बिशेष प्याकेजको ब्यवस्थापन गर्ने बाचा पनि गर्नुभयो।
कार्यक्रममा बिशिष्ट अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य बलबिर चौधरी, पूर्व जिल्ला उपाध्यक्ष टिना सुवेदी, उप प्रमुख नसिमा खातुन, निमित्त प्रमुख प्रशाकिय अधिकृत गौरी साह, जिल्ला अध्यक्ष अदयानन्द पान्डे,अतिथी जिल्ला उपाध्यक्ष भुलन चौधरी, जिल्ला कमिटी सदस्य सुरेश यादव भैयाराम सहनी, पुरुषोत्तम साह, वडा अध्यक्ष धेनुक राउत कुर्मी, बनारसी बिन, गगनदेव यादव, राष्ट्रिय युवा संघ नेपाल जिल्ला उप सचिव रौशन यादव, पचरौता,शिक्षा प्रमुख पन्डित त्रिपाठी, सहायक शिक्षा प्रमुख मुकेश कुमार सिंह, प्रधानाध्यापक सबिन्द्र सहनी, वडा सदस्य गोखुल पडित, पचरौता नगर कमिटी सदस्य नेवाजी अन्सारी लगायत शिक्षक, बिधार्थी तथा स्थानीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन प्रवक्ता तथा वडा अध्यक्ष लक्षमी यादवले गरेका थिए ।