सर्लाही – दिनदिनै गर्मीको प्रकोप बढ्दै गइरहेको छ । जसले गर्दा आफूलाई स्वस्थ राख्नु पनि एउटा समस्याको विषय भइसकेको छ । के खाने के नखाने यस्तो समस्यामा मानिस परिरहेको हुन्छ ।
खानपिन तथा हाम्रो भान्सामा मसलाको दैनिक प्रयोग हुन्छ । गर्मीमा विशेषगरी गरम मसलाको स्थानमा केही मसलाहरु हामीले बताउनेछौं जसले पेटलाई शितल बनाउने काम गर्छ । ती मसलाको सेवनले गर्मीबाट बच्न पनि सकिन्छ ।
सोंफ
सोंफलाई सबैले मुखको गन्ध हटाउन र खाना पचाउनका लागि प्रयोग गर्ने गर्छन् । यसले पाचनसँग जोडिएका समस्यालाई पनि कम गर्छ । साथमा तपाईं चिया मसलाको रुपमा पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।
हरियो सुकमेल
सुकमेलले पनि पेटलाई शितल बनाउने काम गर्छ । यो विशेषगरी गर्मी समयमा फाइदाजनक मानिन्छ । यसलाई तपाईं दुध, चिया, अन्य तरकारी वा करीहरुमा मिसाएर खान सक्नुहुन्छ ।
जीरा
जीरालाई भुटेर राइता वा चुकौनीमा राखेर खाँदा स्वाद र स्वास्थ्य दुबैका लागि राम्रो मानिन्छ । यसले पेटलाई शितल बनाउनका लागि एकदमै राम्रो मानिन्छ ।
धनियाँ
गर्मीमा धनियाँको पात वा बिज दुबै पाचनका लागि एकदमै राम्रो मानिन्छ । यसले पेटलाई शितल राख्नुका साथै खानाको स्वाद पनि बढाउँछ ।
मेथी दाना
मेथी दाना गर्मीका लागि एकदमै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरलाई चिसो बनाउनुका साथै पेट तथा पाचनका लागि पनि राम्रो मानिन्छ ।
गर्मी मौसममा विशेषगरी कुनै पनि मसलाको अत्यधिक सेवन गर्नु हुँदैन । विशेषगरी गर्मीमा मरिच, खुर्सानी, ठूलो सुकमेल, आदि जस्ता मसलाहरु एकदमै कमै मात्रामा सेवन गर्नु पर्दछ । मसलाको अत्यधिक सेवनले गर्मीमा वाकवाकी हुने, वान्ता आउने, शरीरमा गर्मी बढ्ने आदि समस्याहरु देखिन सक्छ ।