गोडैता – सर्लाहीमा ठुलो परिमाणको लागु औषधसहित एक जना भारतीय पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार सितामढी थाना बतनाहा-७, का नागेन्द्र तिवारीका छोरा २५ बर्षीय राहुल तिवारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तिवारीलाई हरिवन नगरपालिका-७, साईफन चोकबाट पक्राउ गरिएको हो।
उनि भारतीय बिआर ०५ एल ९३०८ नम्बर प्लेटको मोटरसाईकलमा सवार भई पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा उक्त स्थानमा मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा लागू औषध WINCEREX १०० ML को ११९ वटा बोत्तल फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
उनले उक्त परिमाणको लागू औषध माेटरसाईकलको तेलको ट्याङकी र सिट मुनी लुकाई छिपाई राखेर ल्याएका थिए। यस बिषयमा थप अनुसनधान भईरहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।