सर्लाही – प्रादेशिक अस्पताल गौरमा टाईल्स मार्बल फिटिङ्ग, रङ्गरोगन, औसधि खरिद,ईन्धन, टिकट काउन्टर, मेसिन खरिद, अस्पताल मर्मतसम्हार देखि टेन्डर प्रक्रियामा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।
जनताले सहज सुबिधा नपाएको तर अस्पतालमा व्यापक भ्रष्टाचार भईरहेको भन्दै आलोचना शुरु भएको हो।
स्रोतका अनुसार बिकास प्रेमीहरुले गौर अस्पतालमा भएको भ्रष्टाचार संबंधित बिसयको बास्तबिकता बुझ्न र अनुसन्धान गर्न मन्त्रालय ,अख्तियार देखि लिएर बिभिन्न निकायमा उजुरी गरेका छन् ।
निमीत कार्यालय प्रमुख एवं सुपरिटेन्डेन्ट डा .मुरारी ठाकुर र अस्पताल बिकास समितीको अध्यक्ष अनवर हासमीले जनताको सेवा गर्न पाएको पदलाई दुरुपयोग गर्दै राज्यलाई चुनौती दिदै आएको आरोप छ।