सर्लाही – रौतहटको मौलापुरमा अपरिचित एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। आज अपरान्ह मौलापुर नगरपालिका– ५ मा अन्दाजी ४० वर्षका जस्तो देखिने पुरुषको शव बजार सेडमा भेटिएको हो।
शवको पहिचान हुन् सकेको छैन र मृत्युको कारण पनि खुल्न नसकेको बताईएको छ। अत्याधिक गर्मीका कारण उनको मृत्यु भएको हुन् सक्ने आशंका प्रहरीले गरेको छ। प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।