सर्लाहीमा जबर्जस्ती करणी पश्चात महिलाको मलद्वारमा मकैको टुक्रा घुसाएर फरार भएका माझी पक्राउ

२०८१ जेष्ठ २९, मंगलवार १५:२८

सर्लाही – सर्लाहीमा जबर्जस्ती करणी पश्चात महिलाको मलद्वारमा सुकेको मकैको ढोडको टुक्रा घुसाएर फरार भएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बसवरिया गाउँपालिका-३ भवानीपुर बंगल्वा मुसहरी टोलका वथू माझीका ३५ बर्षीय छोरा रमण माझी रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

गत जेठ १३ गते विहान जिल्लाको बागमती नगरपालिका-४, जिरायतस्थित डाँडा टोलदेखी नयाँ बस्ती आवत जावत गर्ने कच्ची सडकको किनारामा एक अपरिचित महिला, मलद्वारमा सुकेको मकैको ढोडको टुक्रा छिरेर अचेत भएको अबस्थामा फेला परेकी थिइन्।

स्थानीयले उनलाई त्यस्तो अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले स्थानियाकै सहयोगमा उनलाई उद्वार गरि उपचारका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो र अहिले उनि उपचारत छन्।

त्यसपस्चात प्रहरीको सुक्ष्म अनुसन्धानबाट उक्त घृणित कार्य उक्त व्यक्तिले गरेको भन्ने प्रमाणहरु प्राप्त हुन् थालेपछी हिजो (सोमबार) उनलाई ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले बागमती नगरपालिका-४, मगर टोल- जिरायत सडक खण्डमा हिडिरहेकाे अवस्थामा फेला पारी कानुन बमोजिम पक्राउ गरेको हो। उनीमाथि ‘करणी सम्बन्धी कसूर’ मुद्दा शिर्षकमा जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद अनुमति लिई यस बिषयमा थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार