सर्लाही – दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएर दुर्घटना भएको छ।
दुघटनामा बसमा सवार ४३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको थियो।

आज बिहानसम्म १९ जना डिस्चार्ज भइसकेको र बाँकी २४ जनाको उपचार जारी रहेको रहेको छ। दुर्घटनामा बसका सहचालक गम्भीर घाइते भएको बताईएको छ, उनको परिचय खुन नसकेको तथा उनको चौराहा हस्पिटलमा उपचार भएरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले बताए। सडकमा रोकेर राखेको ट्रकका चालकको खोजी भइरहेको बताईएको छ।





