अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

२०८१ जेष्ठ ३०, बुधबार ०५:०१

सर्लाही – सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको हो ।

मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् । रासस

सम्बन्धित समाचार