सर्लाही – धनुषाको धनुषाधाम नगरपालिका १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको छ।
पेटको आन्द्रामा क्यान्सर रोगबाट ग्रस्त यादवको आज बिहान ६ आफ्नै घरमा मृत्यु भएको पिडित पारिवारिक श्रोतले जनाएको छ। परिवारका अनुसार यादवको पेटको आन्द्रामा क्यान्सर रोग लागेको थियो र उपचार भईरहेको थियो।
नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दैआएका उनको अचानक मृत्यु भएको बताईएको छ। धनुषाधाम नगरपालिका –१, काशीपुरमा घर रहेका मृतक यादवको श्रीमति, एक छोरा र दुई छोरी छन् । यादवको अन्तेष्टि आजै दिउँसो गरिने बताईएको छ।