सर्लाही – मधेस सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मुख्य न्यायधिवक्तामा नियुक्त गरेकी हुन् ।
धनुषा सवैला निवासी महतो लामो समयदेखि वकालत पेसामा आबद्ध छन् । यसअघिका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुरले आफ्नो पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम अधिवक्ता महतोलाई सो पदमा नियुक्त गरिएको हो । जसपा नेपाल नेतृत्वको सरकार हटेपछि वीरेन्द्र ठाकुरले राजीनामा दिएका हुन् ।