नवलपरासीमा ढल खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु

२०८१ जेष्ठ ३२, शुक्रबार ०१:१८

सर्लाही – नवलपरासीमा ढल खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु भएको छ। जिल्लाको कावासोती नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुरको पुरिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा कावासोती नगरपालिका-५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना,२६ वर्षीया तानमाया गाहा र चमेली दर्लामी मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए।

राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएपछि यस्तो घटना घटेको भन्दै स्थानीयहरू बिरोधमा उत्रिएका छन्। बिहिबार साझ ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।

सम्बन्धित समाचार