सर्लाही – बारामा फेरी एक जना शिक्षकको अज्ञात समूहद्वारा गोलि प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको जिल्ला सदरमुकाम कलैयास्थित राजाराम क्याम्पसका प्रमुख हरी भूषण कुशवाहा रहेका छन्।
कुशवाहामाथि आज दिउँसो जिल्लाकै आदर्श कोतवाल गाउँपालिका-३, बतरामा अज्ञात समूहद्वारा गोलि प्रहार भएको थियो। गोलि प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई तत्काल उचारका लागि बिरगंजस्थित वयोध्या अस्पतालमा लगिएको थियो, अस्पतालमा पुर्याएको केहि समयमा डाक्टरले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारि दधिराम न्यौपानेका अनुसार कुशवाहा मोटरसाईकलमा सवार रहेर यात्रा गरिरहेकै समयमा उनि माथि अज्ञात समूहद्वारा गोलि प्रहार भएको बुझिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए। गत वर्ष पनि कलैयामा एक जना शिक्षकको दिन दहाडै बजारमै गोलि हानि हत्या भएको थियो।