गोडैता – सर्लाहीमा कुखुराको काँचो मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका–१३ पत्थरकोट सानो नारायणडाँडा कि ६९ वर्षीया टुल्कीमाया श्रेष्ठ रहेकी छिन।
गत जेठ २५ गते उनले सोहि ठाउँको छेडा गाउँबाट कुखुराको मासु किनेर घर जाने क्रममा मदिरा सेवन गरेको र त्यहि समयमा बाटोमै उक्त कुखुराको काँचो मासु खाँदा कुखुराको हड्डी उनको घाँटिमा अड्ड्कीएको थियो।
त्यसपछि उनि स्थानिय अस्पतालमा औषधिको लागि गएको तर अस्पतालहरुले हड्डी निकाल्नु पर्ने र यहाँ सम्भव नरहेको तथा अन्य अस्पतालमा जान भनेर पठाए। उनि अन्य अस्पतालमा नगएर घरमा गईन र घरमै बसी रहेकी श्रेष्ठको आज मृत्यु भएको बताईएको छ।
अहिले मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।