पर्सामा गाई गोठमा लुकाई राखेको अवस्थामा लागु औषध गाँजासहित एक जना पक्राउ

२०८१ असार २, आइतवार ०७:४०

सर्लाही – पर्सामा गाई गोठमा लुकाई राखेको लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिलाको पटेर्वा सुगौली-४, भथौडाका २९ वर्षीय अमित कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले उनको घरमा छापामारी गर्दा गोठमा रातो प्लास्टिक भित्र लुकाई छिपाई गरेर राखेको ७ पोका लागु औषध गाँजा भेटिएपछि उनलाई पक्राउ गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार