टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

२०८१ असार ३, सोमबार ०३:०१

सर्लाही – समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले हराउँदै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ ।

सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।

सन्दीप बने सबैभन्दा छिटो १०० विकेट लिने विश्वका दोस्रो र नेपाली पहिलो खेलाडी

नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी२० आईमा १०० विकेट पूरा गरेका छन् ।

सोमबार विश्वकप टी २० प्रतियोगिताको बंगलादेशसँगको खेलमा उनले दुई विकेट लिएसँगै १०० विकेट पूरा गरेका हुन् । सन्दीपले ५४ औं खेलमा १०० विकेट पूरा गरेका हुन् । सोमबार उनले बंगलादेशका जाकिर अली र तान्जिम हसन सकिबको विकेट लिए ।

सन्दीप सबैभन्दा छिटो १०० विकेट लिने विश्वका दोस्रो खेलाडी हुन् । अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिएका थिए । बंगलादेश अहिले ब्याटिङ गरिरहेको छ । उसले ८ विकेट गुमाएर ८१ रन बनाइसकेको छ ।

सम्बन्धित समाचार