आजदेखि सर्लाहीको गोडैता नगरपालिकासहित ४ पालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु

२०८१ असार ३, सोमबार ०५:१३

गोडैता – आजदेखि सर्लाहीको गोडैता नगरपालिकासहित ४ पालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भएको छ।

सरकारले यहि साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र लिनेको भिड लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सेवा सहजताका लागि जिल्लाका गोडैता नगरपालिका, बलरा नगरपालिका, ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा कर्मचारी परिचालन गरि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न सुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार विवरण संकलनका लागि परिचालित टोलि गोडैता, बलरा र ईश्वरपुर नगरपालिकामा आजदेखि ३ दिन सम्म र रामनगर गाउँपालिकामा आज र भोली दुई दिन विवरण संकलनका लागि टोलि बस्ने छ। साथै जिल्लाका २० वटै पालिकाबाट विवरण संकलन गरिने छ। यी चार वटा पालिकाको विवरण संकलन गरेर विवरण संकलनका लागि परिचालित टोलि असार ७ गतेदेखि ९ गतेसम्म जिल्लाकै धनकौल गाउँपालिका, विष्णु गाउँपालिका, चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकामा बसेर बिबरण संकलन गर्ने छ।

सम्बन्धित समाचार