पश्चिम बंगालको जलपाइगुडीमा यात्रुवाहक र मालबाहक रेल ठोक्किँदा ८ जनाको मृत्यु

२०८१ असार ३, सोमबार ०९:०९

काठमाडौं – भारतमा सोमबार भएको रेल दुर्घटनामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालको जलपाइगुडीमा सोमबार कंचनजंघा एक्सप्रेस नामक यात्रुबाहक रेललाई एक मालबाहक रेलले टक्कर दिँदा सो दुर्घटना भएको हो ।

रेलवे बोर्डकी प्रमुख जया वार्मा सिन्हाले मालबाहक ट्रेनले पछाडिबाट यात्रुबाहक ट्रेनमा टक्कर दिएको बताएकी छिन् । उनले मालबाहक ट्रेनका चालकले सिग्नल नजरअन्दाज गर्दा सो दुर्घटना हुन पुगेको प्रारम्भिक प्रतिक्रिया दिएकी छिन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा कंचनजंघा एक्सप्रेसका पछिल्ला ती डब्बमा क्षति पुगेको छ । जसमा थप २५ जना यात्रु घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार