कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गर्ने तिन जना पक्राउ, संबिधान अनुसार यस्तो हुन् सक्छ सजाय

२०८१ असार ३, सोमबार १०:२६

सर्लाही – प्रहरीले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गर्ने तिन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-९, जितपुरका २१ बर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, सोहि ठेगाना भएका १७ बर्षीय संगम लिम्बू र १७ बर्षीय अशोक लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सामाजिक संजालमा भिडियो भाइरल भएपछी चौतर्फी आलोचना भईरहेको थियो सोहि क्रममा पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरुले भिडियो बनाउने हेतुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो ।

सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । नेपालको प्रचलित कानुनले कुनैपनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार पैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

सम्बन्धित समाचार