सर्लाही – देशभरका ८ सय २५ जना शिक्षकले राजनीतिक दलको आबद्धता त्याग्न शिक्षा मन्त्रालयको निर्देशन पालना गरेका छन् । तर, २० जनाले भने बरु शिक्षक पद नै त्यागेर भए पनि राजनीति अँगालेका छन् ।
शिक्षामन्त्री सुमना श्रेष्ठले दलको आबद्धता त्याग्न शिक्षकहरूलाई निर्देशन दिएकी थिइन् । ती मध्येका ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेकोमा २० जनाले शिक्षकबाट राजीनामा दिएर राजनीति रोजेका हुन् ।
राजनीतिमा लागेर शिक्षणलाई सहायक पेशा बनाएका २० जना शिक्षकहरूले राजीनामा दिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले जानकारी दिए । उनका अनुसार राजीनामा दिनेहरू पार्टीको कार्यकारी भूमिकामा बसेका शिक्षकहरू छन् ।