सर्लाही – सिरहामा करेन्ट लागेर युवतीको मृत्यु भएको छ। मंगलबार दिउँसो जिल्लाको लहान नगरपालिका-२२ बेल्हीमा मोटर जडान गरेको कल चलाउने क्रममा २५ वर्षीया गीता चौधरी गम्भीर घाइते भएकी थिइन्।
गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि लहानस्थित प्रादेशिक अस्पतालमा लगिएको र सोहि अस्पतालमा उपचारकै क्रममा बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा मंगलबार दिउँसो करेन्ट लागेको थियो। यस घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।