जन्म मिति विवादमा परेका नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त

२०८१ असार ६, बिहीबार ००:५३

सर्लाही – सैनिक अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गर्ने फैसला सुनाएको छ। आगामी दिन सरकारी सेवामा योग्य रहेन गरी बर्खास्त गर्ने फैसला सुनाएको हो।

जन्म मिति विवादमा समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार दोषि ठहर गरेको हो। बर्खास्त भए पनि उनी भविष्यमा सेना बाहेक अन्य कुनै सरकारी सेवामा भने जान पाउने छन्। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला सुनाएको बताए ।

मल्लका शैक्षिक प्रमाणपत्र र नागरिकतामा अलग–अलग जन्म मिति भेटिएपछि विवादमा परेका थिए। उक्त उजुरी सेनाको अदालतमा परेपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको थियो । प्रारम्भिक छानबिनका क्रममा कैफियत भेटिएपछि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघस्थित नेपाली नियोगका सैनिक सहचारीको रूपमा कार्यरत मल्ललाई नेपाल झिकाइएको थियो । अनुसन्धान अगाडि बढेसँगै मल्ल सैनिक प्रहरीको नियन्त्रणमा थिए ।

सम्बन्धित समाचार