गोडैता – रुपन्देहीबाट जनकपुरतर्फ जादै गरेको लु १ ख ८८४८ नम्बरको यात्रु बाहक बस सर्लाहीको बागमतिमा दुर्घटनामा परेको छ। आज बिहान बागमती नगरपालिकास्थित रायमाझी चोकमा यात्रुबाहक बस र भारतीय मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा तिन जनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएका छन्। मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरुको घटनास्थल मै मृत्यु भएको हो।
बसमा ४० जना यात्रु सवार रहेका थिए, दुर्घटनास्थलमा प्रहरीको टोलि खटिएर घाईतेको उद्वार गरिरहेको छ। घाईतेमध्ये केहिको जिल्लाकै हरिवनस्थित नमूना अस्पतालमा उपचार हुँदै छ भने गम्भीर घाइते केहीको सामान्य उपचारपछी जनकपुर रिफर गरिएको बताईएको छ।