सर्लाहीको बरहथवामा करेन्ट लागेर एक जनाको मृत्यु, अर्का एक जना घाईते

२०८१ असार ६, बिहीबार ०९:१३

गोडैता – सर्लाहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बरहथवा नगरपालिका-१० का २१ बर्षिय आबोध ठाकुर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनि बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा ज्याला मजदुर काम गर्दथे, सोहि कार्यालयमा काम गर्ने क्रममा उनलाई र उनका भाई आनन्द ठाकुरलाई आज (बिहिबार) बिहान करिव ११ बजे करेन्ट लागेको थियो।

करेन्ट लागेर घाईते भएका उनीहरुलाई उपचारका लागि जिल्लाकै बरहथवास्थित एडभान्स संजिबनी अस्पतालमा लगिएकामा आबोधलाई त्यहाँ उपचार सम्भव नभएपछि हरिवनस्थित सरस्वती अस्पतालमा लगिएकामा आज दिउँसो डाक्टरले मृत घोषणा गरेका हुन्।

अहिले मृतकको शव सोहि अस्पतालमा राखिएको छ भने घाईते उनका भाई आनन्दको भने बरहथवास्थित एडभान्स संजिबनी अस्पतालमा उपचार भईरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार