बाराका एक जना कम्प्युटर सोर्स-कोड चोरेको आरोपमा काठमाडौंमा पक्राउ

२०८१ असार ६, बिहीबार १२:०८

सर्लाही – बाराका एक जना कम्प्युटर सोर्स-कोड चोरेको आरोपमा काठमाडौंमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा-१ घर भई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित पावर ब्रेन नामक कम्पनीमा कार्यरत ३१ वर्षीय उमेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई साइबर ब्युरोको टोलीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

उनलाई निओ एचआरआइएस नामको सफ्टवयेरको सोर्स-कोड चोरेको आरोपमा पक्राउ गरिएको हो। बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने मनसायले कम्प्युटरमा सोर्स कोर्ड चोरी गरिएको निवेदन परेपछि उनलाई पक्राउ गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार