सर्लाहीबाट बारातर्फ जाँदै गरेको स्कार्पियो रौतहटमा दुर्घटना, दुई जनाको मृत्यु चार जना घाइते

२०८१ असार ७, शुक्रबार २३:३६

सर्लाही – सर्लाहीबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो रौतहटमा दुर्घटनामा परेको छ।

शुक्रबार सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवातर्फ जाँदै गरेको बिआरजिरो ५ एटी ५९६३ नम्बरको स्कारपियो जिप रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गको धन्सार पुल नजिक स्कारपियो जिपको पछाडि बायाँ साइडको चक्का पड्किए पछि अनियन्त्रित भई राजमार्गबाट तल खसेको हो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन्। मृत्यु हुनेहरुमा भारत बिहार पुर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ वर्षीय तमन्ना शेख र २१ वर्षीय ईर्फान आलम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि स्कारपियो चालक २२ वर्षीय सोहेल अमिरसहित अन्य चार जना घाईते भएका छन। घाईतेको अहिले बाराको निजगढ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ।

सम्बन्धित समाचार