बलरा नगरपालिकाको १३ औँ नगर सभा प्रारम्भ

२०८१ असार ७, शुक्रबार २३:४३

गोडैता – सर्लाहीको बलरा नगरपालिकाको १३ औँ नगर सभा शुक्रबारदेखि प्रारम्भ भएको छ।

“स्वास्थ्य जीवन, प्राबिधियुक्त गुणस्तरीय शिक्षा, उन्नत कृषि प्रविधि, व्यवस्थित सडक विस्तार, आर्थिक समृद्विको आधार” भन्ने मूल नाराका साथ नगरपालिकाको सभा हलमा शुक्रबार आर्थिक वर्ष २०८१/ ०८२ का लागि नगर सभा तथा बजेट प्रस्तुत गरिएको हो।

नगरपालिकाको १३ औँ नगर सभामा नगर प्रमुख रामा शंकर कुशवाहाले आगामी आर्थिक बर्ष २०८१/ ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७३ करोड ८६ लाख ८९ हजार बजेट रहेको जनाएका छन्।

नगर सभा उद्वघाटन समारोहमा संविधान सभा सदस्य शिवपुजन राय, बलरा नगरपालिकाका प्रमुख रामा शंकर कुशवाहा, नगरप्रमुख, नगरभित्रका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरुलगायत जिल्लाका पत्रकारहरुहरुको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार