पटना – भारतको बिहार राज्यको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ ।
यो बिहारमा एक हप्ताभित्र भत्किएको तेस्रो पुल हो । मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतको खबर भने आएको छैन । ग्रामीण निर्माण विभाग (आरडब्ल्यूडी) ले घोरासहन ब्लकको एक नहरमा १६ मिटर लामो पुल निर्माण गरिरहेको थियो ।
डेढ करोड भारु लागतमा बन्न लागेको यस पुलले अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्ने थियो । पछिल्लो समय बिहारमा पुल भत्किने क्रम बढेको छ । जुन ४ मा खगरियामा गंगा नदीमाथि बनेको पुलको एक भाग नदीमा धसिएको थियो । – एजेन्सी