गाउँपालिको बजेट बाँडफाडमा अध्यक्षको मनोमानी, उपाध्यक्षद्वारा गाउँसभा बहिस्कार

२०८१ असार ९, आईतवार ११:३९

सर्लाही – नेपालको सबैभन्दा बढी स्थानिय तह भएको जिल्ला सर्लाही भन्ने तपाई सबैलाई थाहा होला यस जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि २० वटा स्थानिय तह रहेका छन्।

यी २० वटा स्थानिय तह मध्ये केहि स्थानिय तहमा यस्ता घाँस र नमूना जनप्रतिनिधि छन् कि जुन जनप्रतिनिधिका कारण उक्त स्थानिय तहको बिकासको त कुरा छोडौं जनताका सामान्य कामहरु हुन् पनि कठिन छ।

त्यस्तै नमूना मध्येको एक स्थानीय तह हो सर्लाहीको पश्चिमी भेगस्थित धनकौल गाउँपालिका, नाम त पक्कै सुन्नु भएको होला, कहिले अध्यक्षको नागरिकता बिबाद त कहिले राजनितिक कारण अध्यक्ष र उपाध्यक्षबिँच मनमुटाव, कहिले केहि, कहिले केहि यस्तै-यस्तै कारण स्थानीय तहको नाम सुन्नु नै भएको होला।

शुक्रबार त्यस्तै भयो, गाउँपालिकाको १३ गाउँ सभामा अध्यक्ष राम आश्रय साहले उपाध्यक्ष अकली सहनीलाई सौतेली ब्यबहार गरेको कुरा उल्लेख गर्दै, गाउँपालिको बजेट बाँडफाडमा र गाउँ सभामा समेत उनले आफूलाई जानकारी नगराएको बताईदै गाउँ सभा बहिस्कार गरिन।

के हो उनीहरुबिँचको बिबाद ?

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको प्रतिनिधित्व राम आश्रय साह र अकली सहनीले गरिरहेका छन्। उनीहरु दुबै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। उनीहरुबिँच पछिल्लो लामो समय देखि नै राजनिक कारण मनमुटाव छ, जसले गाउँपालिकाको हरेक काममा नकरात्मक प्रभाव परेको छ।

गाउँपालिकाको कुनै पनि कार्य गर्दा अध्यक्ष साहले आफ्नै मनोमानी हिसाबले गर्ने गरेको र आफूले जनताको लागि हरेक कामको पार्दशि ढंगले गरौँ भनेकै कारण, आफूलाई अध्यक्षले बेवास्था गर्ने गरेको उपाध्यक्षको आरोप छ।

बितेको आर्थिक बर्षको आय व्यय प्राप्त गर्दिन पटक पटक निबेदन आफै उपाध्यक्ष भएको गाउँपालिकामा पेश गर्दासमेत उनलाई बितेको (२०८०/०८१) आर्थिक बर्षको आय व्यय उपलब्ध नगराईएको उनि बताउछिन।

बिकास निर्माणहरुका हरेक कामको अनुगमन अध्यक्ष आफैले मात्रै गर्ने गरेको उपाध्यक्ष सहनीको आरोप छ। तर अनुगमन समितिको अध्यक्ष सहनी रहेको बताउछिन।

( जुन गाउँपालिकामा अध्यक्षपछिको सबैभन्दा ठुलो पद उपाध्यक्ष स्वयं यसरी भौतारिनु पर्छ भने त्यो गाउँपालिकामा अन्य सामान्य जनताले सेवा कसरि लिराखेका होलान त ? त्यो तपाई सहजै अनुमान लगाउन सक्नु हुनेछ। )

गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, खानेपानीको पहुँचका नाममा बर्षेनि बजेट बाँडफाड, अवस्था सधै नाजुक

यी माथिका शिर्षकहरुलाई प्रथामिकताको साथ बर्षेनि गाउँपालिका, नगरपालिकाहरुले बजेट ल्याउछन तर कतिपयले सोचे सम्म र बजेट ल्याए सम्म यी शिर्षकको लक्ष्य प्राप्ति गर्छन भने कतिपय गाउँपालिका, नगरपालिकाहरुले बजेटको शिर्षकमा मात्र समाबेश गरेको पाईन्छ।

त्यस्तै मध्येको एक गाउँपालिका हो, धनकौल गाउँपालिका यस पालिकामा रहेका प्राय बिद्यालयमा विद्यार्थीको संख्या न्यून छ , त्यसको पनि एउटा प्रमुख कारण हो त्यहाँ पनि निजि बिद्यालयहरु थुप्रै र गुणस्तरीय शिक्षा प्रदान। हुने खाने, धनीमानीका छोरा-छोरि सबै सँस्थागत बिद्यालयहरुमा नै अध्यनरत छन्। जो गरिव, दुखि, बिपन्नहरु छन् उनीहरुका वालबच्चा सोहि सरकारी बिद्यालयमा अध्यन गर्छन।

यस पालिकामा रहेका बिद्यालयहरुको अवस्था यति नाजुक छ, विद्यालयको बि पनि पुरा भएको देखिदैन। बिद्यालयमा न खानेपानीको सुबिधा छ, न गुणस्तरीय शिक्षा नै, छन त बिद्यालयमा बिब्यसका अध्यक्षलगायत आफ्ना मान्छे, गाउँपालिकाका जनप्रतिनिधिका आफ्ना मान्छेहरुलाई शिक्षकका रुपमा भर्ति गराईएका छन्।

अन्तत गाउँपालिकाकी उपाध्यक्षले गाउँ सभा बहिस्कार गरि सभाबाटै बाहिर जाँदा पनि गाउँपालिकाका अध्यक्षले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागी अनुमानित रकम रु ४२ करोड ९९ लाख ८ हजारको बजेट प्रस्तुत गरेका छन्।

सम्बन्धित समाचार