आज चिनिया उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा आउँदै

२०८१ असार १०, सोमबार ०१:३०

सर्लाही – चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीन दिने औपचारिक भ्रमणको क्रममा आज काठमाडौं आउँदै छन् । भ्रमणका क्रममा उनी ११ असारमा काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछन् ।

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ । त्यस क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन १२ असारमा फिर्ता हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार