सर्लाहीमा विभिन्न मुद्धामा जरिवाना फैसला भई फरार रहेका ५ जना प्रतिवादी पक्राउ

२०८१ असार १०, सोमबार ०२:४६

गोडैता – सर्लाही प्रहरीले विभिन्न मुद्धामा जरिवाना फैसला भई फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका–११, सरोज राय यादव, कविलासी नगरपालिका–७, बस्ने लालु कापर, बिष्णु गाउँपालिका–६, खराई सिमरा बस्ने चन्द्रकला मण्डल, ब्रह्मपुरी गाउँपालिका–२, निवासी मुरारी प्रसाद साह र बलरा नगरपालिका–१०, बस्ने धर्मेन्द्र महतो रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। फरार भएपछि विभिन्न गाउँठाउँमा लुकिछिपी बसिरहेका उनीहरुलाई पक्राउ गरि प्रहरीले फैसला कार्यान्वयनका लागि आईतबार जिल्ला अदालतमा पेस गरेको छ।

पक्राउ परेका यादव सार्वजनिक मुद्धामा एक हजार, कापर जालसाजी मुद्धामा पाँच हजार ६२५ रुपैया, मण्डल अपहरण तथा शरीरबन्धक मुद्धामा २० हजार, साह वनपैदवार अवैध ओसारपसार मुद्धामा एक लाख र महतोलाई कुटपिट मुद्धामा दुई हजार जरिवाना फैसला गरेको छ ।

सम्बन्धित समाचार