गोडैता – सर्लाहीको रामनगर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि रु.३६ करोड १३ लाख ५४ हजारको बजेट ल्याएको छ। जसमध्ये चालु खर्च तर्फ रु.१९ करोड ७१ लाख ६१ हजार र पुँजीगत खर्चतर्फ रु. १६ करोड ४१ लाख ९३ हजार रकम बिनियोजना गरिएको छ।
सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित १४ औं गाउँसभामा उक्त बजेट गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले प्रस्तुत गरेका हुन्। गाउँ सभामा रामनगर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, संबिधान सभा सदस्य शिव पुजन राय, गाउँपालिका भित्रका सम्पूर्ण वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका सम्पूर्ण कर्मचारी लगायतको सहभागिता रहेको थियो।