मधेशबाट दाइजो प्रथा हटाउन सांसद मिना यादवको सरकारसंग माग

२०८१ असार ११, मंगलवार ०९:४८

सर्लाही – नेकपा (माओवादी केन्द्र) की सांसद मीना यादवले मधेशमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन्।

(आज) मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गरेकी हुन्। उनले मधेशका महिलाहरू शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन पहल गर्नुपर्ने माग गरिन्।

यादवले भनिन्, ‘मधेशका महिला शिक्षामा धेरै पछाडि परेका छन्। त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ।’ उनले मधेशका महिलाह शिक्षामा पछाडि परेका कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताइन्।

सम्बन्धित समाचार