सप्तरीका एक युवकको काठमाडौंमा अरिंगालको टोकाईबाट मृत्यु

२०८१ असार ११, मंगलवार १२:३९

सर्लाही – सप्तरीका एक युवकको ललितपुरमा अरिंगालको टोकाईबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौधरीलाई गत असार ८ गते दिउँसो कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा अरिंगालले टोकेको थियो ।

अरिंगालको टोकाईबाट घाइते चौधरीलाई उपचारका लागि काठमाडौंको मोडल अस्पतालमा उनका दाईले लगेका थिए, सोहि अस्पतालमा उपचारका क्रममै उनको ( आज ) मंगलबार बिहान मृत्यु भएको हो।

सम्बन्धित समाचार