सर्लाही – देशका विभिन्न ठाउँमा पहिरोमा परि दुई जना बालबालिकासहित ४ जनाको मृत्यु भएको छ। गएरातिको पहिरोले देशका कास्की, ओखलढुंगा र लमजुङ गरि तीनवटा जिल्लामा ४ जनाको मृत्यु भएको हो। यिनै पहिरोमा परेर ७ जना घाईते भएका छन् भने ४ जना बेपत्ता छन्।
कास्की : कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मादी गाउँपालिका- ५ चितेपानी घुम्ती निवासी प्रकाश रानाभाटकी छोरी १३ वर्षीया आयुष्मा र सोहि जिल्ला पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको मृत्यु भएको हो। हरिकी श्रीमती २७ वर्षीया ऋतु सुनार गम्भीर घाइते भएकी छिन्। उनको अहिले उपचार जारि छ।
ओखलढुंगा : ओखलढुंगामा गयराती गएको पहिरोले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी गाउँपालिका ५ सेर्नाकी ४० वर्षीया देवी खत्री रहेकी छिन् । पहिरोले उनको घर पुरेको छ। पहिरोले घर पुर्दा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका छन्।
लमजुङ : लमजुङको बेसीसहर नगरपालिका-११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन्। पहिरोमा परी उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो।
यसैगरी लमजुङको क्ब्होंलासोथर गाउँपालिका-३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति गएको पहिरोमा परी ४ जनाको बेपत्ता भएका छन्। प्रहरीका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएका हुन्।
देशका बिभिन्न ठाउँमा गएराती गएको पहिरोले मानवीय तथा भौतिक क्ष्यती पुर्याएको छ। घाईतेहरुको अहिले उपचार गरिदै छ भने बेपत्ताहरुको खोजि कार्य जारि छ। देशभर मनसुन सक्रिय रहेको छ र देशका प्राय भूभागमा अहिले बर्षासहित चट्यांग परिरहेको छ। सचेत रहन प्रशासनले सबैलाई आग्रह गरेको छ ।