क्रिकेटर साहलाई गृह नगर कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान

२०८१ असार १२, बुधबार ०९:२३

सर्लाही – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहानगरपालिकाले एक समारोह बिच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।

उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी- २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हसतान्तरण गरेका हुन् ।

कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।

सम्बन्धित समाचार