गोडैता – सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बागमती नगरपालिका–१, मिलनचोक निवासी ६४ वर्षीया गोमा आले मगर रहेकी छिन।
मगर आज (शुक्रबार) बिहान खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङ लागेर गम्भीर घाईते भएकी थिइन्। गम्भीर घाईते मगरलाई तत्काल उपचारका लागि बागमतीमा लगेर सामान्य उपचार गरि थप उपचारका लागि बिरगंज लगिएको थियो।
उपचारका लागि उनलाई बिरगंजमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ। लामो समयपछी सर्लाहीमा आज बिहाना भारि बर्षा भएको थियो। बर्षाका कारण जिल्लाका बिभिन्न ठाउँ जलमग्न भएका छन्।