सर्लाही – स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको फेदीखोला गाउँपालिका-५ निवासी दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो। सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरोले उनीहररुलाई पुरेको बताईएको छ।
यस्तै, बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको बताईएको छ । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।