सर्लाहीसहित यी १९ जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आह्वान

२०८१ असार १६, आईतवार ०५:०७

सर्लाही – आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका सर्लाहीसहित कम्तीमा १९ जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई महाशाखाले सुझाव दिएको हो ।

महाशाखाले आज सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, संखुवासभा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने जनाएको छ । केही नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम पनि हुने छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्‍च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार