पछिल्लो दुई सातामा मात्रै बाढी, पहिरो र चट्याङका घटनामा ३६ जनाको मृत्यु

२०८१ असार १६, आईतवार १२:५२

सर्लाही – गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका अनुसार असार १ देखि १५ गतेसम्मको अवधिमा बाढी, पहिरो र चट्याङका घटनामा परी देशभर ३६ जनाको मृत्यु भएको छ।

बितेको दुई सातामा बाढी, पहिरो र चट्याङका २५० घटना रेकर्ड भएको केन्द्रले जनाएको छ । ती घटनामा पनि एक जना बेपत्ता भएका भएका छन् भने ४८ जना घाइते भएका छन् ।

बाढी, पहिरो र चट्याङले पछिल्लो दुई सातामा साढे ६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । चट्याङ लागेरमात्र असार १ गतेयता १८ जनाको मृत्यु भएको छ । उक्त अवधिमा पहिरोका घटनामा परी १७ जना र बाढीका घटनामा परी एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

सम्बन्धित समाचार