निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

२०८१ असार १६, आईतवार १५:३९

सर्लाही – नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ ।

सम्बन्धित समाचार