गोडैता – गएरातिको बर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवास्थित यातायात व्यवस्था कार्यालयमा पानीको मूल फुटेर कार्यालय भित्र पस्दा कार्यालय नै जलमग्न भएको छ।
गएरातिको बर्षातका कारण कार्यालय भित्र पानि नै पानि थुप्रिएपछि आज कामकाज प्रभावित भएको यातायात व्यवस्था कार्यालय सर्लाहीले जनाएको छ।
कार्यालयका अनुसार पानीको मुल फुटेर कार्यालयका प्रत्येक कोठामा पानि पस्नुका साथै कोठामा रहेका कम्प्युटर तथा इलेक्ट्रोनिक डिभाइसहरु भिजेका कारण आज कामकाज नै बन्द गर्नुपर्ने अवस्था आएको हो।
तस्बिरहरु :