सर्लाही – शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा राजनीतीकरण अन्त्य गर्ने दोहोर्याएकी छन् ।
प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले शिक्षा क्षेत्रलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न प्रयास गर्न आग्रह गरिन् ।‘दलीय राजनीतीकरण हटाएरै छाेड्ने हो प्रहरी परिचालन गर्छु गुण्डागर्दी सहदिनँ,’ उनले प्रतिनिधिसभामा भनिन् ।
मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयकाे जग्गा फिर्ता ल्याउन पहल भइरहेकाे बताइन् । १७ जेठमा मन्त्रिपरिषद्को निर्णयबाट त्रिविको जग्गा अपचलनबारे पूर्वसचिव सारदा त्रितालको नेृत्वमा समिति बनाइएको र प्रतिवेदन प्राप्त भएपछि सार्वजनिक गरिने उनले बताइन् ।