बाल यौन दुराचार गरेको कसुरमा ‘तपस्वी’ रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय

२०८१ असार १७, सोमबार १३:०८

सर्लाही – बाल यौन दुराचार गरेको कसुरमा तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।

यसअघि पनि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बमजनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।

सम्बन्धित खबर :
सर्लाही जिल्ला अदालतबाट रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार