सर्लाही – रोल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
आज (सोमबार) साँझ जिल्लाको माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोहि गाउँपालिकाको वडा नम्बर ३ परेवा छहरामा जिप सडकबाट तल खसेर दुर्घटनामा परेको हो।
रोल्पा प्रहरीका अनुसार घटनास्थलमै ८ जनाको मृत्यु भएको छ। अहिले घटनास्थलमा प्रहरीको टोलि खटिएको छ भने प्रहरी र स्थानीयको सहयोगमा घाईतेको उद्वार कार्य जारि छ। जिप सडकबाट करिव ४०० मिटर तल खसेको बताईएको छ। मृतकहरुको पहिचान खुल्न नसकेको तथा जिपमा कति जना सवार थिए भन्ने कुरा पनि अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ।