गोडैता – सर्लाहीमा सर्पको टोकाईबाट ११ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको बागमती नगरपालिका–४ मा आफ्नै घरमा खेलिरहेका स्थानीय राजेन्द्र तामाङका ११ वर्षीय छोरा रोजित तामाङको सर्पको टोकाईबाट मृत्यु भएको हो।
रोजितालाई तत्काल उपचारका लागि जिल्लाकै नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा डाक्टरले मृत घोषणा गरेका पारिवारिक श्रोतले जनाएको छ।