धनुषामा पोखरीमा डुबेर एकै दिन तीन जना बालिकाको मृत्यु

२०८१ असार २०, बिहीबार ११:२५

सर्लाही – धनुषामा पोखरीमा डुबेर एकै दिन तीन जना बालिकाको मृत्यु भएको छ। जिल्लाको धनौजी गाउँपालिका-५, बहुअर्वास्थित घोङ्गघाइर पोखरीमा आज (बिहिबार) दिउँसो स्थानीय मुस्कान खातुन, जिनत खातुन र अजनवी खातनुको डुबेर मृत्यु भएको हो।

उनीहरु १० जना भन्दा बढी साथीहरु सबै जना उक्त पोखरीमा नुहाइरहेका थिए। सोहि समयमा उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार उनीहरुमध्ये एक जनाको पोखरीस्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

संगै नुहाउँदै गरेका तिन जना साथीहरु पोखरीमा डुबेपछि अन्य साथीले गाउँलेलाई र गाउँलेले प्रहरीलाई खबर गरेको बताईएको छ। प्रहरी पुग्नु अघि नै मृतक बालिकाहरुलाई गाउँलेले उद्वार गरि उपचारका लागि अस्पताल पुर्याएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

भिडियो :

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार