सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि खोलिए ४१ ढोका, किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोध

२०८१ असार २३, आईतवार ०१:४४

सर्लाही – सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ४१ ढोका खोलिएका छन्। आज बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्यूसेक पानी मापन गरिएको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जलसतह सतर्कता पार गरिरहेको र अझै बढ्दो क्रममा रहेकाले सप्तकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरुलाई सुरक्षित रहन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार