यी हुन् कांग्रेसले मधेस सरकारमा पठाउन लागेका ४ मन्त्री, सर्लाहीका राय पनि छनोट

२०८१ असार २३, आईतवार १३:२६

सर्लाही – नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउन लागेको हो । कांग्रेसले सरकारमा जनार्दन सिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई पठाउन लागेको सांसद क्षेत्रीले जानकारी दिए ।

सबै जिल्लाको प्रतिनिधित्व हुने गरी मन्त्रीहरूको छनौट भएको उनले बताए । उनका अनुसार कसलाई कुन मन्त्रालयमा पठाउने भने टुंगो लगाउन बाँकी रहेको छ । राज्यमन्त्रीको भने नाम टुंगो लगाउन नसकिएको र सहमतिको प्रयास जारी रहेको एक नेताले बताए । मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।

सम्बन्धित समाचार