सर्लाहीको कौडेनामा भारतीय मोटरसाईकलको ठक्करबाट पैदल यात्री बृद्वाको मृत्यु

२०८१ असार २४, सोमबार ०९:०८

गोडैता – सर्लाहीको कौडेनामा भारतीय मोटरसाईकलको ठक्करबाट पैदल यात्री एक बृद्वाको मृत्यु भएको छ। मृत्यु हुनेमा कौडेना गाउँपालिका–२, फूलपरासी निवासी चुलाई यादवकि ७० वर्षीया श्रीमती दुखिया देवी रहेकी छिन।

आज ( सोमबार ) दिउँसो गाउँको सडकमा पैदल यात्रा गर्दै गरेकि देवीलाई बीआर ०६ एभी ३१६० नम्वरको मोटरसाईकलले ठक्कर दिएको हो। मोटरसाईकलको ठक्करबाट देविको घटनास्थलमै मृत्यु भएको बताईएको छ।

देविलाई ठक्कर दिने मोटरसाईकल र मोटरसाईकलका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिईसकेको छ। अहिले मृतक देवीको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार